असोज २५-झापाको अर्जुनधारामा एमाले नेताकार्यकर्ताको गाडी तोडफोड भएको छ ।
एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी फोडफोड भएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको बताइएको छ । सोमबार काठमाडौंको कान्तिपथमा आफूमाथि कालोमोसोसहित आक्रमण भएपछि व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा युवा संघका कार्यकर्ताले घटना घटाएको दाबी गरेका थिए ।
गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् भने सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए ।
प्रतिक्रिया दिनुहोस्