जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

भदौ २३-काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राईजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २९ वर्षीय जीवन खड्का समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्