सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले सरकारलाई गालीगलौजसमेत गरेका छन्।

उनले महानगरको गाडी सरकारले रोकेको भन्दै सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका हुन्। तर सरकारले किन गाडी रोकेकोबारे उनले केही खुलाएका छैनन्।

उनले भनेका छन्:

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

प्रतिक्रिया दिनुहोस्