करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

भदौ ७-झापा, झापाको अर्जुनधारामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

करेन्ट लागेर अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीको ज्यान गएको हो । उहाँकी श्रीमती २२ वर्षीया ममता रेग्मी घाइते हुनुभएको छ । ममतालाई करेन्ट लागेपछि बचाउने क्रममा अमृतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेमा रहेको शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा ज्यान गएको हो । ममताको अवस्था सामान्य रहेको र अहिले बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । इलाम नगरपालिका–२ का रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्