पञ्जाबको लुधियानामा सरकारी विद्यालयको छाना खस्दा एक शिक्षकको मृत्यु, तीन शिक्षक घाइते

भदौ ७-भारत, पञ्जाबको लुधियानामा एक सरकारी विद्यालयको छाना खसेको छ ।

 

त्यसको भग्नावशेषमा चारजना शिक्षक पुरिएका छन्, जसमा एक महिला शिक्षिकाको मृत्यु भएको छ र तीन शिक्षक घाइते भएका छन्, उनिहरुको अस्पतालमा उपचार भइरहेको छ । यस घटनाको संवेदनामा मुख्यमन्त्रीले विद्यालय परिसरको जीर्णोद्धारको काम गर्ने ठेकेदारलाई पक्राउ गरि अनुशन्धान अघि बढाउने बताएका छन, घटना लुधियानाको फिरोजपुर रोडको बद्दोवालमा भएको थियो जब सरकारी वरिष्ठ माध्यमिक विद्यालयका चार शिक्षक स्टाफ कोठामा बसिरहेका थिए।

घाइते चारै जनालाई अस्पताल लगिएकोमा शिक्षिका रविन्द्र कौरलाई मृत घोषित गरिएको दीपकन सिंह तूरले बताए, प्रहरीले छत खस्नुको कारण के हो भन्ने बताए पनि अझै राम्रोसंग सम्पूर्ण कुरा खुल्न सकेको भने छैन ।

प्रतिक्रिया दिनुहोस्