भदौ ५ -रुकुम पूर्व, रुकुम पूर्वमा कुटपिटबाट घाइते भएका एक युवाको ज्यान गएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर– ५ का ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्