जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ ४-झापा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्