भदौ १-झापा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…