श्रावन ३२-कञ्चनपुर, कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ। इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको हो।
बुधवार साँझ इन्टरनेटको तार टाउकोमा लगेर स्थानीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन्। उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्।
प्रतिक्रिया दिनुहोस्