दाङमा विषालु च्याउ खादा एक बालिकाको मृत्यु

श्रावन ३२ -तुलसीपुर,   दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको मृतयु भएको छ ।

 

मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका ४ की ११ वर्षीया अस्मिता सुनार रहेको प्रहरीले जनाएको छ । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि मङ्गलवार बेलुकी थप उपचारका लागि बुटवल लगिएको थियो ।

यस्तै, च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । अस्ति मङ्गलवार जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्