करेन्ट लागेर एक जनाको मृत्यु

साउन २८-मकवानपु , मकवानपुरको बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय बीरबहादुर परियार रहेका छन् ।

 

आफ्नै घरमा पंखा जोड्ने क्रममा शनिबार करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्