जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

श्रावन २७ -दाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्