स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

श्रावन २७-सिरहा, सिरहा नगरपालिका-१७ माडर टोलबाट स्रोत नखुलेको ८ लाख २ हजार नेपाली रूपैयाँ र ४६ हजार १ सय भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय संजिव कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.१२ प १६३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्