तुलसीपुरमा लाखौं रुपैया चन्दा माग्ने दुईजना पक्राउ

श्रावन २५ -तुलसीपुर, दाङको तुलसीपुरमा अवैध रुपमा चन्दा माग्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका ५ फालाबाङका धनराज परियार र छत्रेश्वरी गाउँपालिका १ दमाचौर निवासी चन्द्र प्रकाश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनीहरुले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी बिभिन्न ब्यक्तीहरुसंग चन्दा मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसी सँग १० लाख, सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग ५ लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वली र तुलसीपुर तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक/एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको इलाका प्रहरी कार्यालय तुलसीपुले जानकारी दिएको छ ।

 

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने सम्मको धम्की दिएर चिठी र मोवाईल सन्देश पठाउने गरेको खुलेकोे प्रहरीले जनाएको छ । उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एकराज मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । उनले चिठि दिएपछि पनि पटकपटक फोन गरेर तनाब दिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्