होटेलमा एक जनाको शव फेला

श्रावन २४-सिरहा, मिर्चैयाको शम्भु होटेलमा एक जनाको शव  फेला परेको छ। शव मिर्चैया नगरपालिका–५ कटारी चोक अवस्थित शम्भु होटेलमा फेला परेको हो। मृतक पाथीभरा कापी उद्योग सञ्चालक विराटनगर–१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई रहेको इलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।

 

उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बास बसेका थिए। भट्टराईको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्