टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा अज्ञात समूहद्धारा तोडफोड

कैलालीको एक सामुदायिक विद्यालयमा तोडफोड गरिएको छ।

 

जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरमा रहेको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको हो। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोड्नुका साथै डेस्क बेन्च समेत तोडफोड गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईले तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोका तोडफोड गरेको बताए। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको प्रधानाध्यापक भट्टराईले बताए।

प्रधानाध्यापक भट्टराईले विद्यालयजस्तो शिक्षा प्रदान गर्ने थलोमा तोडफोड हुनु निन्दनीय भएको बताउदै दोषीमाथी कडा कारबाही हुनुपर्ने माग राखे। उनले विद्यालयमा यस्ता घटनाहरु बारम्बार हुने गरेको बताए। उनले आफु प्रअ भएर आइसकेपछि मात्रै यो लगाएर चौथो पटक विद्यालयमा तोडफोड भएको बताए।

प्रतिक्रिया दिनुहोस्