बहिनीको लिभ इन पार्टनरको हत्या गरी दुई दाजुभाइले शव खोला फाले

भारत महाराष्ट्रको ठाणे जिल्लामा हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ ।

दुई दाजुभाइले अर्का व्यक्तिसँग मिलेर आफ्नी बहिनीको लिभ इन पार्टनरको हत्या गरी हत्यापछि शव खोलामा फालेका छन् । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईले पुलिसलाई उद्धृत गर्दै भनेको छ कि शव अझै फेला परेको छैन। पीटीआईका अनुसार शाहबाज शेख आफ्नो पार्टनर मुमताजसँग लिभ इन पार्टनरको रुपमा बस्दै आएका थिए । मुमताजको चार वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्