सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला

श्रावन २१-सल्यान,  सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

 

शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी आज आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

आज बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजतलास गर्दैजादा मकैँबारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्