पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमाछोरा घाइते

श्रावन २१-काठमाण्डौ, काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिनुभएको छ ।

गणेश तामाङकी श्रीमती र छोरा घाइते भएको उहाँले बताउनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्