बैतडीमा जीप दुर्घटनाबाट जोगियो

श्रावन २०-बैतडी, बैतडीमा जीप दुर्घटना हुनबाट जोगिएको छ। आज बिहान धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ ज १३७९ नम्बरको जीप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो।

 

सडकबाट जीपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका थिए। उनीहरु सबै सकुशल रहेका छन्। जीप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्