सुर्खेतमा तीन जना चढेको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  १९ श्रावन-सुर्खेत,  सुर्खेतमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किँदा घाइते भएका दुई जनाको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार चालक कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षका कृष्ण शाही र पछाडी सवार शुभकालिका गाउँपालिका–३ का २३ वर्षका बिमोचन विष्टको मृत्यु भएको हो । मोटरसाइकलमै सवार खाँडाचक्र नगरपालिका–५ कालिकोटका १९ वर्षका प्रकाश कठायत घाइते हुनुभएको छ । उहाँ उपचारपछि घर फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्