बैतडीमा जन्मियो असाधारण शिशु

श्रावण १९- बैतडी, बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षिया एक महिलाले टाउँको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको शिशु जन्माएकी हुन् ।

 

उनले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहिबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन् । उनले भनीन्, ‘बच्चा जन्मिने मिति भन्दा एक हप्ता माथि जन्मिएको बच्चाको टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ, थप उपचार आवश्यक छ हामीले सल्लाहा त दिइसकेका छौ।’

उनले थपीन् ,‘ बच्चाको जन्म जोखिमपुर्ण  छ । महिलाको उमेर कम छ । उनी धेरै कमजोर भएकोले यस्तो बच्चा जन्मिएको हुनसक्छ । करिब दुई महिना अगाडी गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै थियो । गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुन सक्छ ।’

अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्म परेका छन् । उनका श्रीमान रोजगारीको सिलसिलामा भारत छन् ।

नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा। गुणराज अवस्थीले बताए ।

स्रोतः धनगढी खबर

प्रतिक्रिया दिनुहोस्