कैलालीमा ४ थान भरूवा बन्दुकसहित एक जना पक्राउ

कैलाली, गौरीगंगा नगरपालिका-६ दैद्वारी शिविर बस्ने २० वर्षीय सागर चौधरीलाई एकनाले भरुवा बन्दुक ४ थान, भरुवा बन्दुकमा प्रयोग हुने सुरा ३ सय ग्राम र गन्धक १ सय ३० ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्