अवैध सुपारीसहित एक जना पक्राउ

झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध सुपारी करिब २ हजार ८ सय ५० केजीसहित मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने १९ वर्षीय आकाश धिमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले को.१च ८९६७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६१ वटा बोरामा रहेको उक्त परिमाणको सुपारी फेला पारी गाडीसहित चालक धिमाललाई पक्राउ गरेको हो ।

 

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यलाय ईटहरी सुनसरीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्