कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

 

जिल्लाको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ७०० मिलिग्राम लागुऔषधसहित धनगढी–८ का २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरीचौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुकोसाथबाट लागुऔषध फेला पारी मंगलवार पक्राउ गरेको जनाएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोड सब्जीमण्डीबाट सोही ठाँउका २३ वर्षीय तेज साँउदलाई मंगलवार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४०० मिलिग्राम लागुऔषधसहित फेला पारी साँउदलाइ पक्राउ गरेको बतएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्