सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी दुहवी नगरपालिका-९ बस्ने २८ वर्षीय अजय कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला अदालत सुनसरीको २०७८ बैशाख ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३२ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहवी नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा अदालतको आदेशले झुम्का कारागार सुनसरी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्