जरबजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके,१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-११ बस्ने मुगु सोरू गाउँपालिका-३ घर भएका २० वर्षीय डिलेन्द्र शाहीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

शाहीले ती किशोरीलाई गत जेठ ११ गते बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्