धनगढीमा गाईसँग मोटसाइकल ठोकियो

कैलालीको धनगढीमा गाईसँग मोटसाइकल ठोकिएको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मोतिचोकमा गाईसँग मोटरसाइकल ठोकिएको हो।

 

धनगढी जाइका प्रेसात मल्लले चलाएको से ७ प १७७७ नम्बरको मोटरसाइकल गाईसँग ठोकिएको प्रहरीले बताएको छ। उनी हुलाकी राजमार्ग हुँदै मनेहरा तिर जाँदै थिए। मोटरसाइकलको ठक्करबाट गाई मरेको छ। मल्ल घाइते भएका छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। मल्लको हात र खुट्टामा चोट छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्