भद्रपुरबाट बरामद भयो एक करोड बढीको अवैध सामान बोकेको पिकअप

बिर्तामोड, १३ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट राजश्व छलेर कन्टेनरसहित एक करोड बढीको सामान भित्रिएको २४ घण्टा नबित्दै सोही शृङ्खला भद्रपुरमा दोहोरिएको छ ।

भद्रपुर नाकाबाट समेत राजश्व छलेर लाखौंको सामान भित्रिएको छ । उक्त सामान सशस्त्र प्रहरीले आज बिहान भद्रपुर नगरपालिका–८ स्थित संगम चोकमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको मोबाइल गस्ती टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज १८२१ नं. को पिकअपलाई चेकजाँच गर्दा अन्दाजी १८ लाख २४ हजार ७२४ मूल्य बराबरको १६ पोका कपडा बरामद गरेको थियो ।

शंकास्पद देखिएको त्यति मूल्य बराबरको सामान र ८ लाख मूल्यबराबरको गाडी आवश्यक अनुसन्धानको लागि राजश्व चुहावट नियन्त्रण कार्यालय ईटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए ।

 

स्रोतः झापा अनलाइन

प्रतिक्रिया दिनुहोस्