डडेल्धुरामा टिप्पर दुर्घटना

डडेल्धुराः धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ।

सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका–८ मा सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए। सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर दुर्घटना भएको हो।

२३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्