भिडियो बनाउनको लागि आईफोन किन्न दम्पतीले बेचे आफ्नै बच्चा

भिडियो बनाउने यो नशा कस्तो ? भारतको पश्चिम बंगालका एक दम्पतीले आफ्नै बच्चा बेचे ।

 

बच्चा बेच्नुको कारण अचम्मको छ । भिडियो बनाउन महँगो आईफोन किन्न सकोस् भनेर दम्पतीले आफ्नो ८ महिनाको बच्चा बेचे। यो डरलाग्दो घटना पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको हो।

प्रहरीले यस विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । बालककी आमालाई यसअघि नै पक्राउ गरिसकिएको छ । पछि फरार बालकका बाबु जयदेव पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्