रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु

श्रावण १०-रोल्पा,  रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका ५ लोदचौरका ६५ बर्षिय फौदबहादुर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । हिजो दिउसो करिब ३ बजेको समयमा गंगादेव गाउँपालिका ५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानियले उनको शव फेला पारेका थिए ।

 

स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानियको टोलीले शवलाई पानिबाट निकालेर पहिचान गरेको थियो । मृतक फौदबहादुरको घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जानाइएको छ ।

प्रतिक्रिया दिनुहोस्