कैलालीको अत्तरियाबाट ३ महिला पक्राउ

कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियाको रिङ्गरोडबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आसंकामा ३ महिला पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पुजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो।

मंगलवार साँझ सादा पोषाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिकाले नै कुरा मिलाइदिने बताएपछि खानतलासी गर्दा अनैतिक क्रियाकलापका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्।

उनका अनुसार साधा पोषकमा बुझ्न गएका प्रहरीले ३५ वर्षीया होटल संचालिकासहित तीनै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ती महिला धादिङ घर भइ हाल गोदावरी नगरपालिका–२ तेघरीमा बस्दै आएकी थिइन। प्रहरीले होटल संचालिकासहित तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्