सोविता गौतमले योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर राजनीतिज्ञको उपाधि जितेकी छिन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अर्थात विश्वकै उत्कृष्ट युवा राजनीतिज्ञको उपाधि जितेकी छिन् ।

 

आयोजक वन योङ वर्ल्डका अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् । यो पुरस्कार एक युवा विश्व शिखर सम्मेलन बेलफास्ट, २०२३ मा प्रदान गरिनेछ । आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले जनाएको छ । अवार्डका लागि सोवितासँगै चिलीकी विश्वका विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।

१५ जनामध्ये पाँच जनालाई उपाधि दिइन्छ ।१८ देखि ३५ वर्ष उमेर समूहका राजनीतिज्ञ यो उपाधिको लागि प्रतिष्पर्धा गर्न पाउँछन् । उनिहरुले आफ्नो समुदाय र देशका युवाहरूमा सकारात्मक प्रभाव पार्न आफ्नो पद प्रयोग गरिरहेको हुनुपर्छ । विजेताहरूलाई एक युवा विश्वको विशेषज्ञ निर्णायक प्यानलद्वारा सर्टलिस्टबाट छनोट गरिएको थियो ।।

 

प्रतिक्रिया दिनुहोस्