कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो । परीक्षामा चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी थिए ।।

प्रतिक्रिया दिनुहोस्