कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ

श्रावण ४ -कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बुधवार साँझ गोदावरी नगरपालिका– ५ मा कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का २५ वर्षीय भुवन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको डिएसपी गणेश बरालले बताए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्