मेस्सी अमेरिकी मेजर लिग सकरमा पहिलो पटक प्रशिक्षणमा सहभागी

अर्जेन्टिनी विश्व विजेता लिओनल मेस्सी अमेरिकी मेजर लिग सकर ‘एमएलएस’ टोली इन्टर मायामीसँग आबद्ध भएपछि पहिलो पटक प्रशिक्षणमा सहभागी भएका छन ।

 

मेस्सीले टोलीसँगको पहिलो प्रशिक्षणमा निकै समय वार्म–अप गरेपछि अन्य अभ्यासहरुमा सामेल भएका हुन । मेसीले इन्टर मायामीका लागि आफ्नो पहिलो खेल मेक्सिकोको टोली क्रुज असुलसँग यही शुक्रबार खेल्ने सम्भावना छ । विश्व विजेता खेलाडी आफ्नो लिगमा सामेल हुनुलाई अमेरिकी फुटबलले ठूलो उपलब्धीका रुपमा हेरेको छ । मेसीको उपस्थितिले अमेरिकामा फुटबलको विकास र विस्तारमा ठूलै सहयोग पुग्ने विश्वास गरिएको छ । यसैविच पूर्व बार्सिलोना डिफेन्डर जोर्डी अल्बा पनि इन्टर मायामीबाट मेसीसँगै खेल्ने मेजर लिग सकर ‘एमएलएस’का अध्यक्ष होर्गे मासले जनाएका छन् ।

३४ वर्षीय डिफेन्डर अल्बालाई बार्सिलोनाले गत सिजनकरार मुक्त गरेको थियो । अल्बा इन्टर मायामीका लागि खेल्ने मेसी र सर्गियो बुस्केट्ससँगै तेस्रो पूर्व बार्सिलोना खेलाडी हुने छन । मायामी अर्का पूर्व बार्सिलोना र लिभरपुल खेलाडी उरुग्वेका स्ट्राइकर लुइस स्वारेजलाई अनुबन्धन गर्ने प्रयासमा छ । सुआरेज हाल ब्राजिलियन टोली ग्रेमियोबाट खेल्दै आएका छन ।।

प्रतिक्रिया दिनुहोस्