दक्षिण कोरियामा बाढीका कारण ५० जनाको मृत्यु

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ ।

 

अन्य ७ जना बेपत्ता भएका छन् । पछिल्लो पटक डुबेको बसबाट त्यसका चालकसहित चार जनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा ३४ जना घाइते भएका छन् । पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् ।

आपतकालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।।

प्रतिक्रिया दिनुहोस्