लागूऔषधसहित विभिन्न ठाउँबाट १० जना पक्राउ

कैलाली, गोदावरी नगरपालिका-१ मनहेरास्थित ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-८ कर्मिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १९ मिलिग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेबारिस अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थमा उक्त पदार्थ बरामद गरेको हो ।

 

बर्दिया, मधुबन नगरपालिका- ९ गाउँ नम्बर १२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ४० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय समिर गुरुङ र सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २९ वर्षीय जीवन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

सुनसरी, इटहरी उपमहानगरपालिका-७ बस्ने दिपक बिक्रम साह समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ कोलो ५ सय ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिपकको घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा काशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाँजा बिक्री गर्दै गरेका दिपक र खरिद गर्न आएका अन्य ३ जना समेतलाई पक्राउ गरेको हो ।

 

मोरङ, बिराटनगर महानगरपालिका-५ विशाल चोक बस्ने ४२ वर्षीया मिना देवी साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो । हाल फरार उनकै श्रीमान दिनेश साहको प्रहरीले खोजी गरिरहेको छ ।

 

सुर्खेत, भेरी गंगा नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-२ बस्ने ३० वर्षीय दिपेन्द्र रोकाय समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.५ प २८६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्