लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १२ जना पक्राउ

असार ३०-मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ६० ग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-९ शान्ती टोल बस्ने १९ वर्षीय राहुल कुमार बैठा लगायत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बाँसगढी नगरपालिका-७ चौधरीयापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्रामसहित गुलरिया नगरपालिका-१२ लालपुर बस्ने ४८ वर्षीय नाबिर हुसेन सेखलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले गणेशपुरबाट लक्ष्मणातर्फ आउँदै गरेको भे.१० प ६९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित मोटरसाइकल चालक सेखलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडक घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोधारा चाँदनी नगरपालिका-५ बस्ने २१ वर्षीय मनिष भण्डारी, शुक्लाफाँटा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश बहादुर ऐर र सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक ऐर रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ५१२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-५ स्थित निर्माणाधीन घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-५ बस्ने २८ वर्षीय कृष्ण प्रसाद बडु र सोही नगरपालिका-४ बस्ने अशिम थापा रहेका छन् । अस्थाई प्रहरी पोष्ट आईबिआरडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २१ वर्षीय भुवन भट्टलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१ अत्तरियास्थित हंसराज तिवारीको ओम मोबाईल ग्यालरीबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको मोबाइल चोरी भएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा विभिन्न कम्पनीका मोबाइल ५ थान, नगद १० हजार रूपैयाँ र बैंक चेक ३ थान र उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका-१ ब्लक नम्बर सि बस्ने २८ वर्षीय लक्ष्मण रावललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूपन्देही, सैनामैना नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय गौरव पुन मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्