डडेल्धुरामा भरूवा बन्दुकसहित पक्राउ तथा बरामद

असार ३०-डडेल्धुरा, अजयमेरु गाउँपालिका-६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीर सिंह भण्डारीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

सोलुखुम्बु, सोताङ गाउँपालिका-५ केल्चाकस्थित चुकसुदो सामुदायिक बनबाट लोड भएको भरूवा बन्दुक १ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सोताङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्