इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित

असार २९-श्रीलंकामा भइरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । शुक्रबार कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पाकिस्तानले  ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्