अन्तर्वार्ता

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु

असार २८-डोटी, डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

 

जिल्लाको बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजि ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार  बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा  चट्याङ लागेर मृत्यु भएको हो।

 

चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन्। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…