डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

असार २८ -डडेल्धुरा, डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

 

जिल्लाको गन्यापधुरा गाउँपालिका –४ कि ६२ वर्षीया दुर्गा बोहराको खारी खोलाले बगाउँदा मृत्यु भएको हो। बोहरा बगेको खबर प्राप्त हुदासाथ घटना स्थलमा प्रहरी पुगेको थियो।

प्रहरीले महिलाको शव बगेको स्थानबाट एक किलोमिटर तल फेला पारेको जनाएको छ।

असार २८ स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्