भारतको बिहार विधानसभामा हंगामा भएपछि प्रहरीले प्रदर्शनमा उत्रिएका भाजपा नेताहरूलाई लाठीचार्ज गरेको थियो।
यस घटनामा एक भाजपा नेताको मृत्यु भएको छ। पटनाको डाकबंगला चौराहेमा प्रहरीले बल प्रयोग गरेको भाजपा नेताहरूले बताएका छन्। जेहानाबाद सहरमा भएको लाठीचार्जमा भाजपा महासचिव विजय कुमार सिंहको मृत्यु भएको छ ।
प्रहरीको लाठीचार्जमा विजय घाइते भएका छन् । उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यो घटनापछि राजनीति तातेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले पनि यस विषयमा नितिश सरकारलाई घेरेका छन्।
प्रतिक्रिया दिनुहोस्