भारतको असममा १३ वर्षीया नातिनीलाई ७२ वर्षीय हजुरबुवाले गरे बलात्कार, छोराको उजुरीपछि पक्राउ

 

भारतको असमको हाइलाकान्डी जिल्लामा एक ७२ वर्षीय वृद्धलाई आफ्नी नाबालिग नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार ती व्यक्तिका छोराले उनीविरुद्ध एफआइआर दर्ता गरेपछि उनलाई पक्राउ गरिएको हो ।

वृद्धमाथी आरोप लगाएको छ कि अभियुक्तले आफ्नी १३ वर्षीया नातिनीलाई उनको आमाबाबु बाहिर हुँदा बारम्बार यौन दुव्र्यवहार गरे र कसैलाई यो कुरा बताएमा मार्ने धम्की दिएको आरोप छ ।

एफआइआर दर्तापछि पीडित नातिनीको स्वास्थ्य परीक्षण गर्दा उनीमाथि यौन दुर्व्यवहार भएको पुष्टि भएको थियो ।

ूउनको बयान लिएपछि हामीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं, हाइलाकान्डी सदर प्रहरी चौकीका एक अधिकारीले पत्रकारलाई भने।

हाल घटनाको अनुसन्धान भइरहेको हाइलाकाँडीका डिएसपी लीना डोलेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्