जरायोको जस्तो देखिने मासुसहित तीन जना पक्राउ

असार २७-सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१० नयाँगाउबाट जरायोको जस्तो देखिने मासु करिब ७ केजी सहित सोही ठाउँ बस्ने ५२ वर्षीय डम्बर बहादुर थारु समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको गस्ती प्रहरी टोलीले थारुको घरबाट जरायोको जस्तो देखिने उक्त परिमाणको मासुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्