अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

 असार २३-काठमाडौं महानगरपालिका-३१ मिनभवनस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम र नगद ११ हजार २ सय रूपैयाँसहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर बस्ने २० वर्षीय अशोक चेपाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बा.८७ प ६९४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित बैजनाथ गाउँपालिका-१ बस्ने ३४ वर्षीय पदम रावललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने कालिकोट रास्कोट नगरपालिका-१ घर भएका १६ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिनोद चौधरी र सोही नगरपालिका-३ शंकरपुर बस्ने २६ वर्षीय लंक चौलागाई रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५३ एम्पुल, एभिल ५३ एम्पुल, डाईजेपाम ५३ एम्पुल र फेनारागन ५३ एम्पुलसहित पथरी शनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय भिम कुमार लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्