बोलेरोले टेम्पोलाई ठक्कर दिँदा चालकसहित दुई जनाको मृत्यु

 असार २३ -बिर्तामोड,  मोरङको लेटाङ–कानेपोखरी सडकखण्डमा शुक्रबार साँझ बोलेरोले टेम्पोलाई ठक्कर दिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा टेम्पो चालक कानेपोखरी गाउँपालिका–६ का करिब ३५ वर्षीय सागर तामाङ र टेम्पोमा सवार सोही ठाउँकी ८ वर्षीया रोश्नी मगरको मृत्यु भएको हो । प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिएको थियो ।

तामाङको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको थियो भने रोश्नीको गोल्डेन अस्पताल विराटनगरमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका रोश्नकी आमा करिब ३५ वर्षीया टिका आलेमगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बोलेरो र चालक इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ । मोरङको लेटाङ–कानेपोखरी सडकखण्डको फाइभलाइनमा शुक्रबार बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

 

स्रोतः झापा अनलाइन

प्रतिक्रिया दिनुहोस्