पहिले पाँच सन्तानकी आमासँग तेस्रो विवाह अनि पैसाको निहुँमा हत्या

असार २२ -भारतको पिलिभीत पुरनपुरको मोहल्ला साहुकारा कुरैशियान देहातका भुल्लनले बिहीबार आफ्नी श्रीमती मेराज बेगमको घाँटी रेटेर हत्या गरेका थिए। मेराजका भाइ हनिफका तर्फबाट भुल्लनसहित तीनजनाविरुद्ध जाहेरी परेको थियो ।ति युवकले पाँच सन्तानकी आमासँग तेस्रो विवाह गरेका थिए ।

भुल्लनले मेराजसँग तेस्रो विवाह गरेका थिए भने मेराजले दोस्रो विवाह गरेका थिए । भुल्लनले आफ्नो नाममा केही सम्पत्ति हस्तान्तरण गर्ने सर्तमा मेराजले विवाह गरेका थिए । भुल्लनले खुसीसाथ मेराजको नाममा केही सम्पत्ति दिए । ४२ वर्षीय भुल्लनले ५० वर्षीया मेराज बानोसँग विवाह गर्नुअघि दुईवटा बिहे गरेका थिए । जसमध्ये एक श्रीमतीको मृत्यु भइसकेको छ भने एक जिवितै छन् ।

भुल्लनअघि मेराज बानोको पनि एकपटक विवाह भएको थियो । झगडापछि पहिलो श्रीमानले मेराज बानोलाई छोडे । त्यसपछि करिब पाँच वर्षपछि मेराजले भुल्लनसँग विवाह गरिन् । मेराजका पहिलो श्रीमानबाट पाँच सन्तान छन् ।

मेराजका कान्छो भाइ अब्दुल रहमानले मेराजको दोस्रो विवाहमा परिवारका सदस्यहरू खुसी नभएको बताए । अब्दुल रहमानले बक्रिद मेराजपछि दिदीको घर पिलिभीत गएको बताए ।

भुल्लनले विवाहअघि नै आफ्नो सम्पत्ति मेराजलाई हस्तान्तरण गरेको मृतकका भाइले बताए । जग्गा बिक्रीपछि मेराजको खातामा १८ लाख रुपैयाँ जम्मा भएको थियो । भुल्लनले बारम्बार मेराजलाई खातामा जम्मा भएको पैसा फिर्ता लिन दबाब दियो । खाताबाट पैसा निकालेर नदिँदा मात्र भुल्लनले उनको हत्या गरेका थिए ।

मेराजको हत्यामा भुल्लनको पहिलो श्रीमतीका ज्वाइँ नईम र रईस पनि संलग्न रहेको आरोप छ । कोतवाल आशुतोष रघुवंशीले हनिफका तर्फबाट शंका र आशंकाका आधारमा रईस र नईमविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताए । भुल्लनको खोजी भइसकेको उनले बताए । उनलाई समात्न टोली गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्